राष्ट्रिय अनुसन्धान विभागले भर्ना खुलायो

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको छ ।
विभागले राजपत्राङ्कित तृतीय श्रेणीको अनुसन्धान अधिकृतका लागि २१ जना, राजपत्र अनंकित द्धितीय श्रेणीको अनुसन्धान सहायकका लागि ३२ जना र राजपत्र अनंकित चौथो श्रेणीको सहायक सूचकका लागि ५१ ज्ना छनोट गर्नेगरी दरखास्त खुल्ला गरेको हो ।
अनुसन्धान अधिकृतका लागि स्वीकृत विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सो सरहको उपाधी प्राप्त गरेको, अनुसन्धान सहायकका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह र सहायक सूचकका लागि कम्तिमा एसएलसी, एसइइ सरहको उपाधी हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
यस्तै उमेरको हकमा अनुसन्धान अधिकृतका लागि पुरुषको २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेको, महिला २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको हुनुपर्ने छ । अनुसन्धान सहायकका लागि पुरुष १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको तथा महिला १८ वर्ष पूरा भइ ३० वर्ष ननाघेको हुनुपर्ने छ । सहायक सूचकका लागि महिला पुरुष दुबै १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।
विभागको वेबसाइट www.nidept.gov.np मा लगइन गरी व्यक्तिगत विवरणका साथै आवश्यक कागजात सहित आगामी बैशाख १२ गतेभित्र अनलाइन प्रणालीबाट दरखास्त फारम भर्र्न सकिने विभागले उल्लेख गरेको छ । भर्ना छनोट समितिको गत आइतबार बसेको बैठकको निर्णय अनुसार विभागले शुक्रबार सूचना जारी गरेको हो ।









एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
प्रतिक्रिया