पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला पक्षका नेताहरू छलफलमा जुटेका छन्।
कांग्रेस संस्थापन सभापति गगन थापा पक्षले कुनै प्रतिक्रिया नजाएपछि देउवा र कोइराला पक्षका नेताहरू छलफलमा जुटेका हुन्। उनीहरू ठमेलस्थित एक होटलमा छलफल गरिरहेका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा शीर्षनेताहरू छलफलमा जुटेको जनाइएको छ। छलफलमा खड्कासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बलबहादुर केसी, एनपी साउद, डा. मिनेन्द्र रिजाल लगायतका नेता छन्।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।
राजनीतिक प्रतिशोध साँधेको भन्दै नेकपा (एमाले)ले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ। एमाले कार्यकर्ता प्रदर्शन गरिरहेका छन्। तर कांग्रेस संस्थापन गगन थापा पक्ष अहिलेसम्म माैन देखिएकाे छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया