प्रदेश १ को मन्त्रिपरिषद् पूर्नगठन (को को थपिदैछन् सूचिसहित)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका छन् । माओवादी केन्द्र र माधव नेपाल पक्षका नेताहरुले उनी विरुद्द अविश्वासको प्रस्ताव राख्दै सरकारमा रहेका आफ्ना पक्षका मन्त्रीलाई झिक्ने काम समेत उनीहरुले गरेका थिए ।
नेकपाभित्रै अन्तरसंघर्ष पेचिलो वनिरहेका वेला राईका विरुद्ध अविश्वास प्रस्ताव आएपनि सर्वाेच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादी केन्द्र नै ब्यूताईदिएपछि भने मुख्य मन्त्री राई प्रदेश सभामा वहुमतमा पुगेका थिए ।
माधव नेपाल पक्षका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता लिईसकेका छन भने माओवादीबट मन्त्री बनेकाको रिक्त रहेको स्थानमा आजै मुख्यमन्त्री राईले केही एमाले तर्फका सांसदलाई राखेर मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका हुन् ।
नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण गर्ने गरी तयारी भईरहेको मुख्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् ।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री हुने भएका छन् । त्यस्तै राम राना कृषिमन्त्री हुने भएको मुख्यमन्त्रीको कार्यालय स्रोतले वताएको छ ।
कला घले र राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन् ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया