चितवन प्रिमियर लिग मङ्सिरमा

चितवन । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महिनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो । यसपटक विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही ढिलाइ हुन पुगेको हो ।
सिपिएलका संस्थापक तथा प्रबन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा सञ्चालन भएको थियो । दोस्रो संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए ।
पहिलो संस्करणमा प्रत्येक टिममा तीन राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो । आउने संस्करणमा राष्ट्रिय खेलाडीको सङ्ख्या बढाउने योजनामा आयोजक रहेको छ । चितवन क्रिकेट सङ्घको सहकार्यमा नारायणी एड्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा हुने यस प्रतियोगितामा पाँच वटा टोली रहेका छन् । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती¥यापिड्सले उचालेको थियो ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया