बिहीबार, वैशाख ३, २०८३

वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा

मेरोन्यूज २०८३ वैशाख ३ गते ८:१३

अमेरिका र इरानको वार्ताको तयारीमा मध्यस्थकर्ताको रुपमा पाकिस्तानका सेना प्रमुखफिल्ड मार्शल असिम मुनिर इरान पुगेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc


अमेरिकाले पटक-पटक एक-दुइ दिनमै वार्ता हुने बताइरहेपनि इरान यस विषयमा मौन रहेको छ । सोही कारण इरानलाई मनाउन पाकिस्तानी सेना प्रमुख इरान पुगेको आँकलन गरिएको छ ।अलजजिराका अनुसार उनले वाशिङ्टनबाट इरानी विदेश मन्त्रालयका लागि सन्देश लिएर गएको बताइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफ पनि अहिले साउदी अरेबिया, कतार र टर्कीजस्ता क्षेत्रीय साझेदार देशहरूको भ्रमणमा छन्।

अप्रिल २२ मा इरान र अमेरिकाबीचको युद्धविराम समाप्त हुने भएकाले परिस्थिति अत्यन्तै संवेदनशील बनेको छ, र पाकिस्तानी अधिकारीहरू यसलाई थप विस्तार गर्न सकिन्छ भन्ने आशामा छन्।


शरीफले क्षेत्रीय साझेदारहरूलाई पनि आफ्नो प्रभाव प्रयोग गरेर अमेरिकालाई इरानसँग नयाँ वार्तामा सहभागी हुन मनाउन प्रयास गर्नेछन्, ताकि कूटनीतिक सीमाहरू ननाघियोस्।

प्रतिक्रिया