स्पष्टिकरण सोधेका चार नेता बाहेकका नेताहरु एमाले दलको वैठकमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वोलाएको पार्टी संसदीय दलको वैठकमा आज माधव नेपाल र झलनाथ खनाल समुहका नेताहरु सहभागी हुने भएका छन् । यस अगाडी ओलीले वोलाएको दुई ओटा संसदीय दलको वैठकमा अनुपस्थित भएका खनाल नेपाल समुहका नेताहरु आज भने वैठकमा सहभागी हुने निर्णयमा पुगेका हुन् ।
खनाल नेपाल समुहका केन्द्रीय सदस्यहरुको वैठकले पार्टी संसदीय दलको वैठकमा सहभागी हुने निर्णय गरेको हो ।
प्रधानमन्त्री एवंम् एमाले संसदीय दलका नेता केपी ओलीले एमाले दलको वैठक आज दिउँसो ३ वजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएका थिए । वैठकमा खनाल नेपाल पक्षका तर्फवाट वरिष्ठ नेता झलनाथ खनालले नेतृत्व गरेर आजको वैठकमा सहभागी हुने निर्णय यो पक्षले गरेको हो ।
तर वैठकमा एमालेले स्पष्टिकरण सोधका ४ नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल भने सहभागी नहुने भएका छन् ।


















विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया