राजपरिवारका सदस्यलाई सगरमाथा चढ्ने अनुमति
मेरोन्यूज
२०७७ चैत १३ गते १६:३१

काठमाडौं । बहरेन राजपरिवार सदस्यसहितको टोलीलाई सगरमाथा आरोहणका लागि (आज ) शुक्रबार अनुमति दिएको छ । पर्यटन विभागले बहरेन राजपरिवार सदस्यसहितको टोलीलाई सगरमाथा आरोहणका अनुमति दिएको हो । ति राजपरिवारका सदस्यहरु गत चैत २ गते नेपाल आइपुगेका थिए । ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यात्रा अघि बढाउने तयारी भएको टोलीले जनाएको छ ।
सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहणका १६ जनाको बहरेइन टोलीले पहिलो अनुमति पाएको विभागले जनाएको छ । यो वर्षको वसन्त ऋतुको लागि हालसम्म अन्नपूर्ण हिमाल आरोहणका लागि ३० जनाले अनुमति पाइसकेका छन् भने नुप्त्सेमा ४ र मनास्लु आरोहणका लागि १ जनाले अनुमति आएको पर्यटन विभागले जनाएको छ ।
सम्बन्धित

















विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया