प्रधानमन्त्री ओलीले भने-माधव नेपाल र भीम रावलमाथि कारबाही हुन्छ
फागुन २८ को केन्द्रीय कमिटी र चैत ७ को संसदीय दलको निर्णय फेरिन्न

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावलमाथि कारबाही गर्ने संकेत गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले त्यस्तो संकेत गरेका हुन् ।
पार्टीले साेधेकाे स्पष्टीकरणकाे सन्दर्भमा नेपाल र रावलले दिएकाे जवाफ कारबाहीयोग्य भएको उनकाे भनाइ थियाे । संसदीय दलको बैठकमा समेत सहभागी नभएका नेपाल र रावललाई संकेत गर्दै प्रधानमन्त्री ओलीलेले नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोधेको तर नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले उनीहरू कारबाहीको भागीदार हुने बताए ।
तर उनले स्पष्टीकरण सोधिएकै मध्येका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेका सन्दर्भमा भने केही बाेलेनन् । गत चैत ७ गतेको एमाले केन्द्रीय समिति बैठकले पार्टी हितविपरित गतिविधि गरेको भन्दै नेताहरू नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टी महासचिव इश्वर पाेखरेलले गत सोमबार नेताहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र काटेका थिए । चारै नेताले बिहीबार साँझ मात्र पत्रकाे जवाफ बुझाएका थिए । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेता नेपाल र रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताएकाे जानकारी दिए । ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनुभएमा स्वागत छ, तर गुटगत डिल हुँदैन’ ,ओलीको भनाइ उद्धत गर्दै प्रमुख सचेतक भट्टराईले भने ।
नेता नेपाल पक्षीय नेता झलनाथ खनालले शुक्रबार नै संसदीय दलको बैठकमा पुगेर फागुन २८ र चैत ७ को निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए । एमाले र माओवादी एकता अगाडि २०७५ जेठ २ को अवस्थामा पार्टी र पार्टी संगठनलाई फर्काउनुपर्ने बताउँदै उनले आफूहरुको उक्त माग पूरा गर्नुपर्ने धारणा राखेका थिए । आफ्नाे धारणा राखेपछि उनी बैठकबाट बाहिरिएका थिए ।
तर खनालको मागप्रति लक्षित गर्दै प्रधानमन्त्रीले अब कुनै पनि खालको सम्झौता नहुने प्रष्ट पारे । अध्यक्ष ओलीले आफूलाई नेता नेपालले पुष्पकमल दाहाल (प्रचण्ड)सँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेलाई आफूले स्पष्टीकरण मात्र सोधेर सुधार्न खोजको बताएका थिए ।
एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने भन्दै ओलीले कोहीकसैंका व्यक्तिगत समस्या भए पार्टीमा छलफल गर्न सकिने तर समूहगत रुपमा गुटका विषयमा वा गुटगत गतिविधि स्वीकार्य नहुने बताए । यस अगाडिका दुई/दुई वटा संसदीय दलको बैठक वहिष्कार गरेको खनाल-नेपाल समूहका नेता आजको बैठकमा भने सहभागी भएका थिए ।
ओलीले यसअघिकाे बैठकमा सहभागी नभएका नेताहरुलाई स्वागत गर्दै बालुवाटारमा आज नयाँ केही भएको टिप्पणीसमेत गरेका थिए । ‘यसअघि बैठकमा सहभागी नहुनु भएका नेताहरु आउनुभएको छ । बालुवाटारमा आज नयाँ घटना घट्यो । आज आउनुभएका नेतालाई स्वागत छ,’ उनले भने ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया