आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
मेरोन्यूज
२०८३ वैशाख १० गते ६:३६

काठमाडौँ, १० वैशाख स् नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४० रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५९ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया