सिजीका प्रबन्ध निर्देशक चौधरी योङ ग्लोबल लिडर्स फोरम क्लास २०२१ मा छनोट

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ मा छनोट भएका छन् ।
टेलिकम्युनिकेसन, बैंकिङ, रियल–इस्टेट, खाद्यवस्तु उत्पादनलगायत क्षेत्रमा सक्रिय निर्वाण फोरममा नवप्रवेशी हुन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवालाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट गोलबन्द गर्दै आएको छ ।
सन् २००४ मा वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबले फोरम स्थापना गरेका थिए । फोरमले फोरमले दिगो आर्थिक र सामाजिक विकासका लागि नेतृत्वको चेतना र क्षमता अभिवृद्धिमा लगानी गर्छ । यसले अन्तरसम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँदै आएको छ ।
फोरममा १२० मुलुकका एक हजार ४०० सदस्य छन् । तीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फर्च्युन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार बिजेता, राष्ट्रसंघका सदभावना दूतलगायत छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशीताका आधारमा १०० देखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन् ।

















विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
प्रतिक्रिया