माधव नेपालको टिप्पणी : कुन दिन एमालेवाट मलाई घोक्र्याएर निकाल्दिने स्थिति बन्न सक्छ

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालले कुन दिन एमालेवाट आफुलाई घोक्र्याएर निकाल्दिने स्थिति बन्न सक्ने वताएका छन् ।
बृहत् नागरिक आन्दोलनद्वारा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गदै नेता नेपालले आफैले पतिगमनकारी कदम चालेको भन्दै संर्घष गरिरहेकासँगै फर्किनु पर्ने अव्ठायारो अवस्थामा आफु रहेको वताएका हुन् ।
‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सार्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ,’ नेता नेपालले भने, ‘पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’
एमालेले नेपाललाई स्पष्टिकरण सोधको छ । उनले स्पष्टिकरणमा उल्टै प्रधानमन्त्री एवंम अध्यक्ष ओलीमाथी नै उल्टै प्रतिप्रश्न गदै १३ बुँदे जवाफ फर्काएपछि प्रधानमन्त्री ओलीले नेपालको स्पष्टिकरण कारबाहीयोग्य भएको संसदीय दलको वैठकमा वताएका थिए ।
त्यसैतर्फ संकेत गदै नेपालले आफुलाई एमालेबाट समेत निष्कासन गर्ने स्थिति आउन सक्ने संकेत गरे । नेपालले भने, ‘तर म त्यसवाट डराउनेवाला छैन ।’









दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
प्रतिक्रिया