माधव नेपालको टिप्पणी : कुन दिन एमालेवाट मलाई घोक्र्याएर निकाल्दिने स्थिति बन्न सक्छ

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालले कुन दिन एमालेवाट आफुलाई घोक्र्याएर निकाल्दिने स्थिति बन्न सक्ने वताएका छन् ।
बृहत् नागरिक आन्दोलनद्वारा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गदै नेता नेपालले आफैले पतिगमनकारी कदम चालेको भन्दै संर्घष गरिरहेकासँगै फर्किनु पर्ने अव्ठायारो अवस्थामा आफु रहेको वताएका हुन् ।
‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सार्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ,’ नेता नेपालले भने, ‘पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’
एमालेले नेपाललाई स्पष्टिकरण सोधको छ । उनले स्पष्टिकरणमा उल्टै प्रधानमन्त्री एवंम अध्यक्ष ओलीमाथी नै उल्टै प्रतिप्रश्न गदै १३ बुँदे जवाफ फर्काएपछि प्रधानमन्त्री ओलीले नेपालको स्पष्टिकरण कारबाहीयोग्य भएको संसदीय दलको वैठकमा वताएका थिए ।
त्यसैतर्फ संकेत गदै नेपालले आफुलाई एमालेबाट समेत निष्कासन गर्ने स्थिति आउन सक्ने संकेत गरे । नेपालले भने, ‘तर म त्यसवाट डराउनेवाला छैन ।’

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया