इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरी अग्र स्थानमा छन् ।
नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेकाे मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ । त्यस्तै नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई दुई हजार २२४ मत पाएका छन् ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्यासी छन् ।


















टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया