असोजमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले आगामी असोज ८ देखि १० गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
क्रान्तिकारीको शनिबार भएको केन्द्रीय समितिको विस्तारित बैठकले सम्मेलनको तयारी स्वरूप ‘पूर्ण बेनोज’ संगठन विस्तार तथा सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
महासचिव उत्तम अधिकारीले मुलुकको सातवटै प्रदेशमा अभियान सञ्चालन गर्न कमाण्डरसमेत तोकिएको बताए।
बैठकले प्रदेश १ मा तिलकराज भण्डारी, प्रदेश २ मा दीपक देवकोटा र बागमतीमा उत्तम अधिकारी, गण्डकीमा सुरेन्द्र बस्नेत, लुम्बिनीमा ईन्द्र भुसाल, कर्णालीमा दिपेश पुन र सुदूरपश्चिममा विजय गौतम कमाण्डर तोकिएको छ।
क्रान्तिकारीले अभियान दुई महिनासम्म सञ्चालन गर्ने भएको छ। सो क्रममा संगठनको इकाई गठन/पुनर्गठन, जिल्ला भेला÷सम्मेलन र प्रदेशहरूको पनि सम्मेलन हुने महासचिव अधिकारीले बताए।
उनका अनुसार अभियानमा रहँदै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुने र पाँच लाख संगठनको सदस्यता वितरण गरिने भएको छ।
विश्वविद्यालयहरूसँग शैक्षिक सुधारका लागि ज्ञापनपत्र पेश गर्ने, पहिले पेश गरिएका ज्ञापनपत्रहरू कार्यान्वयन गराउने, कक्षा ११ र १२ को विद्यार्थीहरूलाई सहमतिअनुसा २० प्रतिशत छात्रावृत्ति स्थानीय तहलाई दिन लगाउने, मेडिकल कलेजहरूमा विद्यार्थीहरूले गर्दै आएको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने, कोभिड प्रभावित विद्यार्थीहरूलाई सहुलियत प्रदान गर्नुपर्ने र लिपुलेक, लिम्पियाधुरासँगै कालापानी समेटिएको पाठ्यक्रम पठनपाठन गराउन संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकलाई संगठनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विद्यार्थी विभाग इञ्चार्ज हितमान शाक्य, पूर्व अध्यक्षहरू लेखनाथ न्यौपाने, रमेश मल्ल र पदम जोशीलगायतले सम्बोधन गरेका थिए।















सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया