होलीमा ट्राफिक नियम नमान्ने सवारी साधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा होली मनाउँदा ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ ।
महाशाखाले ९५ ठाउँमा चेक प्वाइन्ट राखेर सवारी साधन चेकजाँच गरिरहेको छ ।
दिउँसो २ बजेसम्म मोटरसाइकल, स्कुटर, कार/जीप गरेर तीन सय ५० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।
सबैभन्दा बढी ८५ वटा सवारी साधन कोटेश्वर ट्राफिक प्रहरी कार्यालयमा रहेका छन् ।
बिहान ७ बजेदेखि ट्राफिक प्रहरीले विभिन्न स्थानमा राखेको चेकप्वाइन्टबाट कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा तीनजना चढ्ने र लापारबाही गरेर चलाएका सवारीलाई समातेको र साँझ ६ बजेपछि मात्र जरिवाना तिराएर छाड्ने कार्य गरिने छ ।
होलीमा मापसे गरेर सवारी चलाउने चालक रहेको र उनीहरूलाई कारबाही गरिरएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने अन्य दुई सय वटा सवारीमाथि सामान्य कारबाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले किशोर–किशोरीलाई लक्षित गरेर चेकजाँचमा कडाई गरेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया