नरसंहार रोक्न म्यान्मारको सरकारलाई कांग्रेसको आग्रह
मेरोन्यूज
२०७७ चैत १५ गते १७:१६
काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सैनिक सरकारलाई नागरिक प्रदर्शनमा नरसंहारका घटना रोक्न आग्रह गरेको छ।
घटनालाई रोकेर निर्वाचित सरकारलाई बहाल गर्न, लोकतन्त्र पुनःस्थापित गर्न र नेतृ आङ साङ सुकीलगायत सबै राजवन्दीलाई रिहा गर्न पनि कांग्रेसले माग गरेको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै नरसंहारको घटना ‘अत्यन्तै अमानवीय र निन्दनीय’ भएको टिप्पणी गरेका छन्।
उनले लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दवाब बढाउन र त्यहाँको जनताको पक्षमा विश्वभरबाट आवाज उठाउन अत्यावश्यक भएको पनि बताएका छन्।
हाल त्यहाँ सैनिक कारबाहीमा करिब चार सय सर्वसाधारण मारिएका छन्।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया