प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगन्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार (चैत १७) को खेलमा नेपाल पुलिस क्लबले कोसी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।
वीरगन्जको नारायणी रंगशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोसीले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो ।
कोसीका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोडेका थिए । पुलिसका दिनेश खरेलले पाँच विकेट र सागर ढकालले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ३३ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा १६५ रन जोड्यो ।
पुलिसको जितमा मोहम्मद आरिफ शेखले ८१ रन, रसिद खानले ७३ रन जोडे । कोसीका विपिनकुमार महतोले दुई विकेट र दीपेश कँडेलले एक विकेट लिए ।
आजको खेलमा पुलिसका दिनेश खरेल ‘म्यान अफ दी म्याद’ घोषित भएका छन् ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
















बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
प्रतिक्रिया