जेठमा हुने भयो बार काउन्सिलको २९ औं परिक्षा, (सूचनासहित)

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले २९ औं अधिवक्ता तहको लिखित परिक्षा आगामी जेठमा गर्ने भएको छ । परिषदले आज सूचना जारी गर्दै आगामी जेठमा सातै प्रदेशबाट परिक्षा सञ्चालन हुने जनाएको हो ।
परिषदले जारी गरेको सूचनामा प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा परिक्षा हुने उल्लेख छ । यद्धपी काठमाडौं बाहिरका केन्द्रमा भने कम्तिमा ५० जना परिक्षार्थी हुनुपर्ने छ ।
परिषदले योग्यता पुगेका व्यक्तिलाई यही चैत १६ गतेदेखि बैशाख १५ गतेसम्म दरखास्त आवेदन दिने भनेको छ । यसअघि जस्तै यो पटक पनि दरखास्त शुल्क दुई हजार ५ सय रुपैयाँ निर्धारण गरेको परिषदका सचिव रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।
हेर्नुहोस परिषदले जारी गरेको सूचना

















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया