होलीमा झडप हुँदा बागलुङमा दुई जनाको मुत्यु
जिल्ला प्रहरी प्रमुख एसपी कै नेतृत्वमा अनुसन्धान सुरु

बागलुङ । बागलुङमा होली मनाउन जम्मा भएका युवाबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । भिरबाट ५ सय मिटर तल खसेको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।
बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको सो घटनाको विषयमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोलीले घटनास्थल मै पुगेर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै एसपी मगरको नेतृत्वमा ११ जनाको टोली बुर्तिबाङबाट प्रस्थान गरेको हो ।
पोस्टमार्टमका लागि उनीहरुको शव राती नै सदरमुकामस्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा ल्याइसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो । झडपमा परी ५/६ जना घाइते भएको प्रहरीले जनाएको छ।


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया