इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’

इरान र अमेरिकाबीच दोस्रो चरणको वार्ताको तयारी चलिरहँदा अमेरिका र इजरायले प्रमुख मुद्दामा व्यापक फरक देखिएको छ । विश्लेषकहरुका अनुसार अमेरिका इरानको आणविक हतियारका कार्यक्रम रोक्नमा मात्रै बढी केन्द्रीत हुँदा इजरायलको चिन्ता इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्नु प्रमुख रहेको छ ।
किनकी पछिल्लो युद्धमा इरानको ब्यालिस्टिक क्षेप्यास्त्रले इजरायमा ठुलो क्षति पुराएको थियो । आणविक कार्यक्रममात्रै रोकेर ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिने गरी सम्झौता भएमा अब थप शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्र इरानले बनाउने यसले इजरायलको अस्तित्वमै खतरा आउनसक्ने इजरायलको आशंका छ ।
पूर्व अमेरिकी सहायक विदेशमन्त्री जेफ्री पेल्टम्यानले अलजजिरालाई इजरायल, इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे अमेरिका भन्दा धेरै केन्द्रित छ, जसले युद्धप्रतिको उनीहरूको दृष्टिकोणमा बढ्दो भिन्नता सिर्जना गरिरहेको छ बताएका छन् ।
फेल्टम्यानले भने, “अमेरिका र इजरायल यो युद्धमा सँगै प्रवेश गरेका थिए, तर क्रमशः तपाईंले एउटा भिन्नता देख्न थाल्नुहुन्छ, जहाँ इजरायल इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे अमेरिकाभन्दा धेरै, धेरै चिन्तित छ।”
उनले खाडी क्षेत्रका देशहरु पनि इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे अझ बढी चिन्तित रहेको बताए । अमेरिकी सुरक्षामा भर परेका ति सहयोगी ति देहहरु हालैको युद्धमा आफ्नो ‘सुरक्षा छाता’ बारम्बार भेदिएको कारणले बढी चिन्तित भएका हुन्


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
प्रतिक्रिया