नेप्से कारोबारमा वृद्धि

काठमाडौ । मंगलबार शेयर बजारमा हरियाली छाउँदा शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलब १५ अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको स्टक एक्सचेञ्जले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा बजार परिसुचक १ दशमलब २६ अंकले बढेर २ हजार ५ सय ७५ दशमलब ६६ बिन्दुमा पुगेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलब १९ अंकले बढेर ४ सय ५६ दशमलब १० बिन्दुमा पुगेको छ ।
व्यापार र उत्पादन समूह बाहेकका सबै उपसूचकमा वृद्धि हुँदा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको ३ सय ९८ दशमलब ३२ बिन्दुमा पुगेको छ । मंगलबार २ सय ९ कम्पनीको १ करोड २२ लाख ९ हजार ९ सय २६ कित्ता सेयर ६ अर्ब १८ करोड ४५ लाख ५८ हजार ४ सय ९८ रुपैयाँमा किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
यसैबीच अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । समग्रमा बजार घट्दा समेत अजोडको सोमबार पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो ।
सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको छ । इन्साइडर ट्रेडिङ (सूचना चुहाएर कारोबार) भएको भन्दै लगानीकर्ताहरुले कारोबार नै रद्द गर्नु पर्ने माग गरेका छन् ।
सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएमा कम्पनीले सबैभन्दा पहिला नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनु पर्ने हुन्छ । तर, कम्पनीको सञ्चालक समितिमा रहेका वा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले सूचना बाहिर लगेर इन्साइडर ट्रेडिङ गराउने गरेका छन् ।
















बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रतिक्रिया