एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् ।
नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औं पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरुरी भएको बताए ।
“सम्पूर्ण मुलुकवासीको मुहारमा खुशी र हासो देख्नका लागि हामी एकजुट भएर अघि बढ्न जरुरी छ । विसं २०४६ चैत १८ गते पाटन क्षेत्रलाई तत्कालीन शासकबाट मुक्त गर्ने क्रममा शहीद भएका चार सपुतले छाडेर गएका अधुरा सपनालाई पूरा गर्न हामी लागि पर्नेछौं” उनलेभने । तत्कालिन समयमा ललितपुरका जनताले निरङ्कुश शासन विरुद्ध गरेको त्याग र बलिदानको आफूहरुले सदैव कदर गर्दै अघि बढ्ने उनको भनाई थियो ।
















घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया