मंगलबार, चैत १७, २०८२

घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत

मेरोन्यूज २०७७ चैत १८ गते १९:२३

फाइल फाेटाे/मेराेन्यूज

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पछिल्लो एक महिनाको अवधिमा नियम उल्लङ्घन गरे कारवाहीबाट बच्न घुस दिन खोज्ने झण्डै १५० चालकलाई पक्राउ गरी कारवाही गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ ।

विगतमा प्रहरीलाई आर्थिक अनियमिततामा संलग्न हुन्छन् भन्ने आरोप आउने गरेकाले त्यसलाई चिर्नका लागि घुस फिर्ता अभियान चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उनका अनुसार घुस फिता गरेर कारवाही हुने क्रम भने बढ्दै गएको छ ।

यसैबीच, प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई हजार १०० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित रामेछाप सालदेउराली गाउँपलिका–१ बस्ने १९ वर्षीय विशाल कार्कीलाई बुधबार पक्राउ गरेको छ ।

नागढुङ्गास्थित चेक प्वाइन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले महोत्तरी जलेश्वरबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ८३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया