राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानीको भोली उद्घाटन गर्ने

काठमाडौं । गत आइतबार १५ गतेबाट उपत्यकावासीको घरघरमा सुरू गरेकाे मेलम्ची खानेपानी आयोजनाको भोली शुक्रबार राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने हुनु भएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनको पानी वितरण कार्य राष्ट्रपतिबाट उद्घाटन हुँदा सबैको घरमा पुग्ने आशा गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे पानी वितरण कार्यको उद्घाटन हुने खानेपानी मन्त्रालयले जनाएको छ । दुई दशकपछि पूरा भएको मेलम्चीको पानी काठमाडौंवासीको उपयोगका लागि आपूर्ति प्रतिबद्धता सार्वजनिक भएसँगै पूरा भएकोमा सबै खुसी छन् ।
काठमाडौं उपत्यकामा शहरी क्षेत्रको खानेपानीको माग पूरा गर्न क्रमिक रुपमा क्षमता बढाउँदै लैजान सकिने एक बृहत् अन्तर–जलाधार परियोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाले आइतबारबाट उपत्यकावासीको घरघरमा पानी पठाउन शुरु गरेको हो । यसलाई औपचारीकता लागि खानेमानी मन्त्रालयको आयोजनामा राष्ट्रपतिद्धारा उद्घाटन हुनेछ ।
मेलम्ची खानेपानी आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । शुरुमा इटालीको कम्पनीले आयोजना निर्माण गर्ने गरी ठेक्का लिएको भए पनि उक्त कम्पनी आर्थिक रुपमा टाट पल्टेर फिर्ता गएको थियो । उक्त कम्पनीले छाडेको बाँकी काम चिनियाँ कम्पनीले सम्पन्न गरेको हो ।









बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी
सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
प्रतिक्रिया