राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानीको भोली उद्घाटन गर्ने

काठमाडौं । गत आइतबार १५ गतेबाट उपत्यकावासीको घरघरमा सुरू गरेकाे मेलम्ची खानेपानी आयोजनाको भोली शुक्रबार राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने हुनु भएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनको पानी वितरण कार्य राष्ट्रपतिबाट उद्घाटन हुँदा सबैको घरमा पुग्ने आशा गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे पानी वितरण कार्यको उद्घाटन हुने खानेपानी मन्त्रालयले जनाएको छ । दुई दशकपछि पूरा भएको मेलम्चीको पानी काठमाडौंवासीको उपयोगका लागि आपूर्ति प्रतिबद्धता सार्वजनिक भएसँगै पूरा भएकोमा सबै खुसी छन् ।
काठमाडौं उपत्यकामा शहरी क्षेत्रको खानेपानीको माग पूरा गर्न क्रमिक रुपमा क्षमता बढाउँदै लैजान सकिने एक बृहत् अन्तर–जलाधार परियोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाले आइतबारबाट उपत्यकावासीको घरघरमा पानी पठाउन शुरु गरेको हो । यसलाई औपचारीकता लागि खानेमानी मन्त्रालयको आयोजनामा राष्ट्रपतिद्धारा उद्घाटन हुनेछ ।
मेलम्ची खानेपानी आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । शुरुमा इटालीको कम्पनीले आयोजना निर्माण गर्ने गरी ठेक्का लिएको भए पनि उक्त कम्पनी आर्थिक रुपमा टाट पल्टेर फिर्ता गएको थियो । उक्त कम्पनीले छाडेको बाँकी काम चिनियाँ कम्पनीले सम्पन्न गरेको हो ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया