हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा

हुम्ला : हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा छन् ।
जयपति रोकायाले छ हजार ८५५ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डा दिपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गरेका छन् । उम्मेदवार रहेका दुइ राेकायाबीच हुम्लामा तिब्र प्रतिस्पर्धा देखिएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टाँसी लाजोमले १७५, राप्रपाका छक्क बुढाले १११ मत ल्याएका छन् ।
हालसम्म हुम्लाका छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । उनका अनुसार सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ४६७ मत खसेको थियो ।


















मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ
मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न
सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
इरान युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया