क्लब लिग भलिबल शुरु

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले आजबाट राजधानीमा शूरु भएको पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् ।
त्रिपुेरश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि २५–९, २५–२१ र २५–१६ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।
यस्तै पुरुषकै अर्को खेलमा एपिएफ क्लबले र बुलबुले रारा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेश्रो सेटमा पराजित हुन पुग्यो ।
तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेश्रो सेटमा एपिएफ माथि २५–१८ को जित हात पार्यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२–३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।
महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ ले पराजित गरेको हो । चैत २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया