१४ औं महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
बैठक दिउँसो २ बजे बस्ने

काठमाडैं । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल गर्न केन्द्रीय समिती बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा बस्ने छ ।
१४ औं महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आजको बैठकमा छलफल हुने नेता प्रदीप पौडेलेले जानकारी दिए । कांग्रेसले सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद मिलाउन अझै बाँकी छ ।
महाधिवशेनका लागि १० लाख क्रियाशील सदस्यता वितरण गर्ने भने पनि अहिलेसम्म ५ लाख मात्र दर्ता भएको पौडेलको भनाई छ । क्रियाशील सदस्यता दर्ताको काम सकिएपछि छानविनको काम अघि बढ्ने पौडेलले मेरो न्युजलाई जानकारी दिए ।
गत वर्षको फागुनमा नै महाधिवेशन गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै कांग्रेसले एक वर्ष सारेको थियो । सारेको समय पनि गत फागुनमा नै सकिएको छ । विशेष कारण देखाउँदै थप गरेको ६ महिना पनि आगामी भदौमा सकिंदै छ ।
आगामी भदौसम्ममा कांग्रेसले १४ औं महाधिवेशन गरिसक्नुपर्ने छ । अन्यथा कांग्रेसलाई संवैधानिक संकट आइपर्ने छ ।
यस्तै आजको बैठकमा सत्तासमिकरण लगायत समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया