शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना शुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना शुरु भएको छ । गैँडा गणनाका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।
निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । “गणना एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने, “गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।” प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैँडा गणना हुँदै आएको छ ।
निकुञ्जमा १७ वटा गैँडा संरक्षित रहेका छन् । तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् ।
गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको सङ्ख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ । (रासस)

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया