संखुवासभामा सवारी दुर्घटना, १५ जना घाइते
मेरोन्यूज
२०७७ चैत २० गते १०:१६

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो ।
अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
प्रतिक्रिया