मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन

कञ्चनपुर । खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । नगर प्रमुख सुनारका अनुसार नेपाल–भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचबिखनको उच्च जोखिम छ ।
यसलाई नियन्त्रण गर्नका लागि नवगठित समितले सघाउ पुर्याउने मानव बेचबिखन नियन्त्रण र जनचेतना सँगसँगै लैजानुपर्ने नगर प्रमुख सुनारले बताए । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले अवैध बाटोको प्रयोग गरी चेलिबेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडी बढाउदै आएको बताए ।
समितिको सदस्यमा नगर उपप्रमुख चिनी गिरी, प्रहरी निरीक्षक लालबहादुर बम, प्रध्यापक यज्ञराज पण्डित, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका महेश्वरी भट्टलगायत रहेका छन् ।
रोजगारी, विवाहलगायत प्रलोभनमा पारेर भारततर्फ लाग्दै आएका महिलाहरूको सीमा क्षेत्रमा रोकथामसँगै परिवारसँग पुनः मिलन गराउने उनले बताए ।













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
प्रतिक्रिया