बुधबार, चैत ४, २०८२

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन

मेरोन्यूज २०७७ चैत २० गते ११:२६

कञ्चनपुर । खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । नगर प्रमुख सुनारका अनुसार नेपाल–भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचबिखनको उच्च जोखिम छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसलाई नियन्त्रण गर्नका लागि नवगठित समितले सघाउ पुर्‍याउने मानव बेचबिखन नियन्त्रण र जनचेतना सँगसँगै लैजानुपर्ने नगर प्रमुख सुनारले बताए । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले अवैध बाटोको प्रयोग गरी चेलिबेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडी बढाउदै आएको बताए ।

समितिको सदस्यमा नगर उपप्रमुख चिनी गिरी, प्रहरी निरीक्षक लालबहादुर बम, प्रध्यापक यज्ञराज पण्डित, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका महेश्वरी भट्टलगायत रहेका छन् ।


रोजगारी, विवाहलगायत प्रलोभनमा पारेर भारततर्फ लाग्दै आएका महिलाहरूको सीमा क्षेत्रमा रोकथामसँगै परिवारसँग पुनः मिलन गराउने उनले बताए ।

प्रतिक्रिया