कोभाक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा २ करोड ९१ लाख डोज खोप पुग्यो

अदिस अबाबा । अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् ।
अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का अनुसार बिहीबारसम्ममा कूल प्राप्त भएको खोपमध्ये एक करोड ३ लाख डोज खोप मानिसहरुलाई लगाइसकिएको छ ।
अफ्रिकी युनियन मातहतको अफ्रिका सिडिसीले खोप प्राप्त गरेकाहरुमा मुख्यगरी स्वास्थ्य कार्यकर्ता, विभिन्न रोगको जोखिममा रहेका तथा ५० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिहरु रहेको जनाएको छ ।
अफ्रिका सिडिसीले यसै साताको शुरुमा जोन्सन एन्ड जोन्सन र अफ्रिकी खोप कार्यदलबीच सम्झौता भएको बताएको छ । सम्झौता बमोजिम जोन्सन एन्ड जोन्सनले अफ्रिकी युनियनका सदस्य राष्ट्रहरुलाई २२ करोड डोज खोप उपलब्ध गराउने छ । साथै, १८ करोड डोज खोप थप खरिद गर्न सकिने समेत सम्झौतामा उल्लेख छ ।
जोन्सन एन्ड जोन्सनको खोप दक्षिण अफ्रिकामा रहेको अस्पेन बायोफर्माले उत्पादन गर्नेछ । अफ्रिका सिडिसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा गत शुक्रबारसम्म अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमितको संख्या ४२ लाख ४० हजार पुगेको छ भने एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया