कोभाक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा २ करोड ९१ लाख डोज खोप पुग्यो

अदिस अबाबा । अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् ।
अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का अनुसार बिहीबारसम्ममा कूल प्राप्त भएको खोपमध्ये एक करोड ३ लाख डोज खोप मानिसहरुलाई लगाइसकिएको छ ।
अफ्रिकी युनियन मातहतको अफ्रिका सिडिसीले खोप प्राप्त गरेकाहरुमा मुख्यगरी स्वास्थ्य कार्यकर्ता, विभिन्न रोगको जोखिममा रहेका तथा ५० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिहरु रहेको जनाएको छ ।
अफ्रिका सिडिसीले यसै साताको शुरुमा जोन्सन एन्ड जोन्सन र अफ्रिकी खोप कार्यदलबीच सम्झौता भएको बताएको छ । सम्झौता बमोजिम जोन्सन एन्ड जोन्सनले अफ्रिकी युनियनका सदस्य राष्ट्रहरुलाई २२ करोड डोज खोप उपलब्ध गराउने छ । साथै, १८ करोड डोज खोप थप खरिद गर्न सकिने समेत सम्झौतामा उल्लेख छ ।
जोन्सन एन्ड जोन्सनको खोप दक्षिण अफ्रिकामा रहेको अस्पेन बायोफर्माले उत्पादन गर्नेछ । अफ्रिका सिडिसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा गत शुक्रबारसम्म अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमितको संख्या ४२ लाख ४० हजार पुगेको छ भने एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
















कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
2 pilots killed in military trainer aircraft crash in N. Thailand
मधेस प्रदेशका साढे १२ सय मतदानस्थल अति संवेदनशील
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया