इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले शान्ति वार्तालाई सही दिशामा ल्याउने प्रयास गरिरहेका बेला इरानका विदेशमन्त्री आइतवार पुनः पाकिस्तान फर्कने कार्यक्रम रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूतहरूको प्रस्तावित भ्रमण रद्द गरे पनि विदेशमन्त्री आइतवार पुनः पाकिस्तान जानसक्ने इरानी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी बताएका छन् ।
इरानी समाचार एजेन्सी इस्ना ९आइएसएनए० का अनुसार विदेशमन्त्री अब्बास अराघचीले फेरि पाकिस्तानी अधिकारीहरूलाई भेट्नेछन् र ‘युद्ध पूर्ण रूपमा अन्त्य गर्ने कुनै पनि समझदारीको ढाँचामा इरानको स्थिति र विचारहरू’ व्यक्त गर्नेछन् ।
इस्नाका अनुसार मन्त्री अघिल्लो दिन मात्र इस्लामाबादमा पुगी त्यहाँका उच्च पदस्थ अधिकारीसँग स्थायी युद्धविराम र शान्तिका लागि आफ्नो तर्फबाट धारणा राखेका थिए भने मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्ताव सुनेका थिए । त्यसपछि उनी इस्लामावादबाट पहिले नै तय गरिएको ओमानका लागि प्रस्थान गरेका थिए । अन्य इरानी दूतहरू ‘युद्ध अन्त्यसँग सम्बन्धित मुद्दाहरूमा परामर्श र आवश्यक निर्देशनहरू प्राप्त गर्न’ तेहरान फर्किएका थिए।
मस्कटका लागि उड्नुअघि उनले शनिबार पाकिस्तानी सेना प्रमुख असिम मुनिर, प्रधानमन्त्री शहबाज सरिफ र विदेशमन्त्री इशाक दारसँग भेटवार्ता गरेका थिए । इस्लामावादमा हुने वार्तापछि उनी मस्को जाने अपेक्षा गरिएको छ ।
अराघचीले आफ्नो प्रारम्भिक पाकिस्तान भ्रमणलाई ‘धेरै फलदायी’ भनेका छन् तर वाशिङ्गटनको मनसायमा शङ्का व्यक्त गरे। “अमेरिका कूटनीतिको बारेमा साँच्चै गम्भीर छ कि छैन भनेर हेर्न बाँकी छ,” उनले थपे ।
इस्लामावादमा शनिबार भएको इरान–पाकिस्तान बैठकअघि ह्वाइट हाउसले ट्रम्पका शान्ति दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुश्नर थप वार्ताका लागि पाकिस्तान जाने योजना रहेको बताएको थियो, तर पछि ट्रम्पले फक्स न्यूजलाई दिएको एक अन्तवार्तामा आफूले यात्रा रद्द गर्न भनेको बताउँदै ‘केही पनि नबोलेर बस्नु’ कुनै अर्थ नहुने बताएका थिए ।
उनले तेहरानको वार्ताको सर्तलाई अस्वीकार गरेको बताएका थिए । यद्यपि, यसको केही क्षणमा नै उहाँले आफ्नो प्रस्तावमा संशोधन गरेको बताए ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग भने, “इरानले जति बेला चाहन्छ त्यतिवेला आफूलाई फोन गर्न सक्छ । सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितेको छ ।”
एक प्रस्तावको हवाला दिँदै राष्ट्रपति ट्रम्पले भने, “इरानले पहिले दिएको प्रस्ताव राम्रो थिएन ।”
“उनीहरूले हामीलाई एउटा प्रस्ताव दिए जुन थप राम्रो हुनुपथ्र्यो त्यसैले मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै ९१० मिनेट भित्र०, हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ।” उनले पत्रकारहरूसँग भने ।
















दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया