बागमती प्रदेशको सहुलियतपूर्ण कर्जा कार्यक्रम (सूचनासहित)

काठमाडौं । बागमती प्रदेश सरकारले कृषक, लघु उद्योगी व्यवसायी र नवप्रवर्तकलाई सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । कृषि, उद्योग, पर्यटन प्रवर्दन, व्यापार व्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदायको विकास र फोहोरमैला व्यवस्थापनमा ऋण दिने आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
सहुलियतपूर्ण कर्जाका लागि बागमती प्रदेश भित्रका कृषि विकास बैंकका शाखा कार्यालयहरु तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थामा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
यसरी लिएको सहुलियतपूर्ण कर्जाको वार्षिक ३ प्रतिशतभन्दा बढी ब्याज तिर्न नपर्ने मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण सिथिल भएको कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्वन्धित क्षेत्रमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि ५ वर्षसम्मका लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण दिन सकिने सूचनामा उल्लेख छ ।
प्रदेश सरकारले सहुलियतपूर्ण कर्जाका लागि चालु आर्थिक वर्ष ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप जानकारी तलको सूचनामा हेर्नुहोला ।

















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया