मंगलबार, चैत १७, २०८२

सरकार र थारुहटबीच दोस्रो चरणको वार्ता सुरु

मेरोन्यूज २०७७ चैत २२ गते १६:२५

काठमाडौं । सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट / थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको दोस्रो चरणको वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले ४ बजेदेखि वार्ता सुरु भएको हो । गत मंगलबार बसेको पहिलो चरणको वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न सकेको थिएन ।

Advertisement
nepal life insurencenepal life insurence


सरकारी वार्ता टोलीको संयोजक समेत रहेका गृहमन्त्री रामवहादुर थापा (बादल) को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेका छन्, भने आन्दोलनकारीका तर्फबाट पूर्व सांसाद रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् । सरकारले वार्ताका लागि गत सोमबार मात्र वार्ता समिति बनाएको थियो ।

टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनरत छन् । स्रोतका अनुसार वार्ता निश्कर्षमा पुर्‍याउन दुबै पक्ष सक्दो लचक बन्न प्रयासरत छन् ।

प्रतिक्रिया