इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरो, ७१ जनाको मृत्यु

एजेन्सी । इन्डोनेशिया र पूर्वी टिमोरमा शनिबार आएको बाढी र पहिरोमा परी कम्तिमा ७१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी एशियाका यी छिमेकी देशमा मुसलधारे वर्षाले ठूलो धनजनको क्षती गरेको बीबीसीले जनाएको छ । बाढी पहिरोले इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोर्सदेखि पूर्वी टिमोरसम्म प्रभाव पारेको छ ।
इन्डोनेशियामा अझै ४० भन्दा बढी मानिस हराइरहेको भन्दै अधिकारीहरुले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने जनाएका छन् । हिलो र खराब मौसमका कारण उद्धारकार्यमा जटिलता थपिएको इन्डोनेशियन डिजास्टर मिटिगेसन एजेन्सीका प्रवक्ता रादित्य जातीले बताए ।
पूर्वी टिमोरमा पनि कम्तिमा २१ जनाको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये अधिकांश राजधानी दिलीका रहेका छन् । वर्षाको समयमा इन्डोनेशियामा धेरै बाढी पहिरोका घटना घट्ने गरेको छ ।
गएको जनवरीमा मात्र जावा द्विपमा बाढीका कारण ४० जनाको मृत्यु भएको थियो भने सेप्टेम्बरमा बोर्नियोमा पहिरोमा परी कम्तिमा ११ जनाले ज्यान गुमाएका थिए ।
इन्डोनेशियाको करिब आधा जनसंख्या पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने यहाँको प्राकृतिक प्रकोप रोकथाम सम्बन्धी संस्थाले जनाएको छ । (रासस/सिन्ह्वा)















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया