इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरो, ७१ जनाको मृत्यु

एजेन्सी । इन्डोनेशिया र पूर्वी टिमोरमा शनिबार आएको बाढी र पहिरोमा परी कम्तिमा ७१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी एशियाका यी छिमेकी देशमा मुसलधारे वर्षाले ठूलो धनजनको क्षती गरेको बीबीसीले जनाएको छ । बाढी पहिरोले इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोर्सदेखि पूर्वी टिमोरसम्म प्रभाव पारेको छ ।
इन्डोनेशियामा अझै ४० भन्दा बढी मानिस हराइरहेको भन्दै अधिकारीहरुले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने जनाएका छन् । हिलो र खराब मौसमका कारण उद्धारकार्यमा जटिलता थपिएको इन्डोनेशियन डिजास्टर मिटिगेसन एजेन्सीका प्रवक्ता रादित्य जातीले बताए ।
पूर्वी टिमोरमा पनि कम्तिमा २१ जनाको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये अधिकांश राजधानी दिलीका रहेका छन् । वर्षाको समयमा इन्डोनेशियामा धेरै बाढी पहिरोका घटना घट्ने गरेको छ ।
गएको जनवरीमा मात्र जावा द्विपमा बाढीका कारण ४० जनाको मृत्यु भएको थियो भने सेप्टेम्बरमा बोर्नियोमा पहिरोमा परी कम्तिमा ११ जनाले ज्यान गुमाएका थिए ।
इन्डोनेशियाको करिब आधा जनसंख्या पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने यहाँको प्राकृतिक प्रकोप रोकथाम सम्बन्धी संस्थाले जनाएको छ । (रासस/सिन्ह्वा)













कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया