विहानको तुलनामा दिउसो थोरै भिजिविलिटी बढे पनि प्रदूषण रहिरहने छ :मौसमविद् श्रेष्ठ
मेरोन्यूज
२०७७ चैत २३ गते १४:१७

काठमाडौ । आज पनि काठमाडौं उपत्यकामा विहानैबाट वायु प्रदूषण सुरु भएको छ । दिउँसो पनि प्रदूषण रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार वायू प्रदूषणका कारण आज पनि काठमाडौंमा विहानैबाट भिजिविलिटी निकै कम छ । विहानको तुलनामा दिउसो थोरै भिजिविलिटी बढे पनि प्रदूषण रहिरहने छ । उनलेभने,“वायु मण्डलको माथिल्लो भाग स्थिर रहेकाले अझै केही दिन यही अवस्था रहन सक्छ।”
पश्चिमी मौसमी प्रणाली सक्रिय नहुँदासम्म प्रदूषण नहट्ने उनको भनाइ छ । बुधबारबाट पश्चिमी मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेको उनले बताए ।
केहीसमय यता काठमाडौं उपत्यकासहित मुख्य सहरहरुमा वायुमा प्रदूषणको मात्र बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण बढ्दा आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिने जनाएको छ ।
सम्बन्धित

















एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया