मुर्ती चोरी गरेको अभियोगमा १ जना पक्राउ
मेरोन्यूज
२०७७ चैत २४ गते १४:१७

ललितपुर । ललितपुर महानगरपालिका-१६ धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने काभ्रे वेथानचोक गाउँपालिका-६ घर भएका ४८ वर्षीय राज कुमार सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्ती सहित ललितपुर बालकुमारीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया