२ वटा पासपोर्टमा एउटै फोटो राखेर देशविदेश आवतजावत
मेरोन्यूज
२०७७ चैत २४ गते १८:३९

काठमाडौं । नक्कलि राहदानि (पासपोर्ट) प्रयोग गरेर देश विदेश आवतजावत गर्ने एक सुनसरी जिल्ला दुहवि भलुवा न.पा-४ का ४४ बर्षीय महेन्द्र भण्डारीलाई महानगरीय अपराध महाशाखाले प्रकाउ गरेको छ।
हिमालयन एयरलायन्सबाट नेपाल आएका भण्डारीलाई आफ्नै नाम र ठेगाना उल्लेख गरी बनाएको ०६०७८२७२ नम्बरको पासपोर्टसहित त्रिभुवन विमानस्थलबाट मंगलबार महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनले गोरखा जिल्ला धुवाकोट ३ ठेगाना भएका राजु पौडेल नामको पासपोर्ट नं ३३७३२७७ र ०९२८५१९६ को २ वटा पासपोर्टमा आफ्नो फोटो राखेर नक्कली पासपोर्ट बनाई पटक – पटक बिदेश आवतजावत गर्ने गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाले जनाएको छ।
भण्डारीको साथबाट उक्त नक्कली पासपोर्ट समेत बरामद गरि आबश्यक थप कारवाहीका लागी महानगरिय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया