माओवादी केन्द्रका २ मन्त्रीद्वारा राजीनामा

पाेखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा बुझाएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धय मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्।
चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए।
राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका थिए।
राजीनामा पत्र बुझाउन पुगेका मन्त्री चुमानले संघीयताको अभ्यास सरकार संचालनमा मात्र नभई पार्टी संचालनमा पनि राम्रो नभएको बताए। ‘गण्डकी प्रदेशमा यहींको संसदीय दलले सरकारमा रहने कि नरहने भनेर निर्णय गर्न पाउनुपर्ने हो, तर माथिबाट लादियो,’ उनले भनेका थिए।
बुधबार बसेको माओवादी संसदीय दलको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको थियो ।
















संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया