शुक्रबार, फागुन ८, २०८२

मुगुमा एक बालिका मृत फेला

मेरोन्यूज २०७७ चैत २५ गते १७:५८

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–९ की एक बालिका मृत फेला परेकी छन्। शनिबारदेखि हराएकी बालिका तीन दिनपछि मुगु कर्णालीमा मृत भेटिएकी हुन् । ​सोरु गाउँपालिका–९ की ९ वर्षीया बालिका सोही गाँउपालिका–८ तारापानीबाट हराएकी जानकारी परिवारले प्रहरीलाई दिएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरी र स्थानीयले खोजतलास गर्दा पनि फेला परेकी थिइनन्। सोमबार माछा मार्न गएका स्थानीयले लक्ष्मीको शव सोरु–८ मुगु कर्णालीको घाट भन्ने स्थानमा भेटेका थिए।

सोरु गाँउपालिका—९ कालै स्थायी ठेगान भएकी चौलागाईंको परिवपार केही समयदेखि तारापानी बस्दै आएका छन्। शनिबार तारापानीको घरनजिकै खेलिरहेकी लक्ष्मी हराएकी थिइन्। सोरु–८ का दानबहादुर शाहीले उनको शव फेला पारिएको जानकारी दिएका हुन्।

शव भएको ठाउँमा चाउचाउ भेटियो

शव भेटिएको स्थानभन्दा केही मिटरमाथि खाएर आधा बाँकी भएको चाउचाउको प्याकेट र सिंगो अर्को प्याकेट पनि भेटिएको छ। उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाई फकाई गदै घरबाट टाढा लगी कुनै अनैतिक प्रयास गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने बालिकाका दाई नाता पर्ने धर्मराज शाहीले भने।

लास फेला पारेको स्थानभन्दा केही मिटरयता भेटिएका चाउचाउका प्याकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सीप बजारमा दुई जना मात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घर नजिकका छिमेकी अन्दाजी २४ बर्षिय प्रवेश रावल भन्ने युवकले लिएको खुल्न आएको छ।

उक्त घटना शंकास्पद भएको भन्दै उक्त युबकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला कार्यालयका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए।

विकका अनुसार प्रहरीले नियन्त्रणमा लिएका युवाले आफू शनिबार मादक पदार्थ सेवन गरेको, लक्ष्मीलाई बहिनी सम्झेर चाउचाउ दिँदा जडिया भनेर जिस्काएपछि लखेटेको र लडेर नदीमा परेको बयान दिएका छन्। यद्धपि परिवारका सदस्य र अन्य ब्यैक्तिहरुले ९ बर्षिया बालिका लक्ष्मीलाई सांझ ६ बजेतिर निज युबकले चाउचाउको लोभ देखाई घर भन्दा १ किमी टाढा जंगलमा लगि बलात्कार गरेर हत्या गरेको र लासलाई पछि कर्णाली नदिमा फालेको बताएका छन उनलाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

पोष्टमार्टम रिपोर्ट आएपछि लक्ष्मीको मृत्युबारे थप जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले बताएका छन्।

प्रतिक्रिया