राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरामा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भाराले पनि भेट गरेका छन् ।
भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डेन फाउन्डेसनका प्रतिनिधिको सहभागिता रहेको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा हुने पिस कन्फरेन्समा सहभागी हुन राष्ट्रिय सभाका अध्यक्षसहितको टोली मङ्गलबार स्पेन पुगेको हो ।
सात करोड यूरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ । सोही अभियानको उद्घाटन गर्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना स्पेन गएको फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए ।
अध्यक्ष तिमिल्सिनासहित नेपाली टोलिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्यलगायत छन् । (रासस)









नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
चार महिने छोराको हत्या गरेर भागेका असई पक्राउ
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया