गुडिरहेकाे बसमा आगलागी
मेरोन्यूज
२०८३ वैशाख १ गते १९:५७

पाेखरा । पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ । पोखरा २२ पुम्दीभुम्दीस्थित ठूलाडिही भन्ने ठाउँमा बसमा आगो लागेको हो । ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिसकिएको छ । बाग्लुङबाट स्याङजा वालिङको लागि छुटेको बस पोखरा आइपुगेपछि आगो लागेको हो ।
बसमा ४० जना यात्रु सवार रहेको बताइएको छ । अहिले गाडीमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । तर गाडी जलेर ठूलो क्षति भएको बताइएको छ ।
सम्बन्धित















जीवनी हाेइन, इतिहास लेख्न राजनीतिमा आएकाे हुँ : रवि लामिछाने
जंगली च्याउ खाँदा झापामा ११ जना बिरामी
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया