बलात्कार अभियोग पुष्टि भएपछि सात वर्ष कैद सजाय

गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत बागलुङले एक जनालाई सात वर्ष कैद सजाय फैसला गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।
कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।
२०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए । (रासस)
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया