मकवानपुरमा ३१ बलात्कारका घटना दर्ताः २० जना पक्राउ, ११ अझै फरार

हेटौडा । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालु आवको साउनदेखि चैत महिनासम्ममा ३१ वटा बलात्कारका घटना मकवानपुर प्रहरीमा दर्ता भएको हो । सो कार्यालयमा दर्ता भएका बलात्कारका घटनामध्ये हालसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको बताइएको छ ।
बलात्कार आरोप लागेका ११ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बतााए ।
यसअघि २०७६÷७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुमा ३६ वटा बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएको थियो ।
त्यसमा बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने पाँच जना अहिलेसम्म फरार रहेको बताइएको छ ।
त्यस्तै २०७५÷७६ मा ३२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा २६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने छ जना अहिलेसम्म फरार छन् ।
आर्थिक वर्ष २०७४/७५ मा २२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा आरोपित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४ जना आरोपित अहिलेसम्म फरार रहेका छन् ।
बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासमेत रहेका छन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया