बुधबार, चैत १८, २०८२

बलात्कार प्रयासः प्रतिकार गर्दा ९ वर्षीया बालिकाको हत्या

मुगुमा ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या, प्रहरीद्वारा आरोपित सार्वजनिक

मेरोन्यूज २०७७ चैत २६ गते १६:४८

मुगु । जिल्लाको सोरु गाउँपालिका-९ कालै गाउँकी नौ वर्षीया एक बालिकाको बलत्कार प्रयासपछि हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मुगुको सोरु गाउँपालिका-८ बस्ने ९ वर्षीया बालिका लक्ष्मी चौलागाईलाई बलात्कार प्रयासपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रवेश रावललाई जिल्ला प्रहरी कार्यलय मुगुले बिहिबार सार्वजनिक गरेको हो ।

गत चैत्र २१ गते साँझ ५ बजेपछि घरबाट अन्दाजी पाँच सय मिटर टाढा शौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले बलात्कारको प्रयास गर्दा अस्वीकार गरेपछि हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक (डिएसपी) चित्रबहादुर भट्टराईले जानकारी दिए ।

डिएसपी भट्टराईका अनुसार आरोपित रावलले प्रहरीलाई बयानको क्रममा हत्या स्वीकार गरेका हुन्, आरोपितले बलात्कार प्रयासपछि हत्या गरेको स्वीकार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै डीएसपी भट्टराईले, बलात्कारको प्रयास गर्दा बालिका चिच्याउन थालेपछि घटना बाहिरिने डरले आक्रमण गर्दा ढुंगामा टाउको ठोक्किएर बेहोस् भएपछि उनलाई नदीमा फालेको प्रहरीसँगको बयानमा आरोपितले स्वीकार गरेको बताए ।

चैत्र २१ गते दिउँसो आमासँग घर नजिकको खोलामा नुवाईधुवाई गरेकी बालिका साँझ ५ बजे तिर घरबाट ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए।

प्रतिक्रिया