सुर्खेतमा आगलागी, ९ घर जलेर नष्ट
मेरोन्यूज
२०७७ चैत २६ गते २०:५०
सुर्खेत । जिल्लाको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् ।
१८ घरधुरी रहेको सिस्नेरी बस्तीमा आगलागीबाट ९ वटै फुसका छाना पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । नजिकै बस्ती भएकाले तत्काल आगो नियन्त्रण गर्न नसक्दा बस्तीमा आगो पसेको हो ।
आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए। दिउँसो ४ बजे सुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरीको दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया