जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण
मेरोन्यूज
२०७७ चैत २७ गते ७:४०

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।
जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ ।
सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको छ । (रासस)
सम्बन्धित
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया