रहेनन् बेलायती राजकुमार फिलिप

एजेन्सी । बेलायती महारानी एलिजावेथ दोस्रोका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बुकिङह्याम दरबारले यस दुखद् समाचारको घोषणा गरेको हो ।
‘निकै गहिरो पीडासहित महारानीले आफ्ना प्रिय पति राजकुमार फिलिप, डुक अफ इडिनवर्गको निधनको घोषणा गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हिज रोयल हाइनेस यसै बिहान विन्डसोर क्यासलमा शान्तिपूर्ण रुपमा लिन हुनुभयो ।’
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले फिलिपप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । राजकुमार फिलिपले असंख्य युवाहरुको जीवनमा प्रेरणा भरेको प्रधानमन्त्रीले बताए ।
दोस्रो विश्वयुृद्ध लडेका थोरैमात्र जीवित व्यक्तिमध्ये फिलिप एक रहेको उनले बताए । १० जुन १९२१ मा ग्रिसमा फिलिपको जन्म भएको थियो । उनका बाबु राजकुमार एन्ड्रियु ग्रिसका राजा जर्ज पहिलोका कान्छो छोरा थिए ।
राजकुमार फिलिपले १९४७ मा एलिजावेथसँग विवाह गरेका हुन् । यो जोडीका चार छोराछोरी, ८ नाति–नातिनी र १० जना पनाति–पनातिना छन् ।
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया