बुधबार, चैत १८, २०८२

निजी क्षेत्रको मनोबल उठाउनको लागि सरकार प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल

मेरोन्यूज २०७७ चैत २७ गते २०:०८

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आत्मविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने टिप्पणी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको समुदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताएका छन् । उनले भने, ‘उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर छ ।‘

कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका पयत्न गरेको बताए । ति सबै चिजहरु क्रमिक रुपमा कार्यान्वयमा आएको पनि उनले बताए ।

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजी क्षेत्रलाई गतिशिल ढङ्गले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रीत भएर छलफल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया