केही दिनमै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै दाहालले नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए ।
उनले नयाँ सरकार गठनको प्रयास निरन्तर रुपमा अघि बढाइरहेको भन्दै अब केही दिनभित्रै कालो बादल हटने बताए । दाहालले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको बताए । उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल थियो भन्दै सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको बताए ।
संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाए र संसद सचिवालयमा दर्ता गरेका थियौं उनले भने – यो वैधानिक थियो । सरकारले सेटिङमार्फत आधिकारिकलाई खारेज गरिदिएको दाहालले आरोप लगाए । लोकतन्त्रको मूल्य मान्यता न्यूनतम् रुपमा पनि देखिएको उनले बताए । उनले कर्मचारीलाई आतंकमा बाँच्न बाध्य पारिएको बताए ।
राज्यका सबै अंगलाई सन्त्रासमा राखिएको छ भन्दै दाहालले राज्यका सबै अंगमा जबरजस्ती कब्जा जमाउने षडयन्त्र भएको आरोप लगाए । उनले पूर्वएमालेको भोट माओवादीलाई र पूर्वमाओवादीको भोट एमालेलाई परेको स्मरण गर्दै अहिले त्यो भोट छुट्याउन सकिन्छ भन्दै प्रश्न पनि गरे ।















बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया