महासङ्घमा पोख्रेलको प्यानल विजयी

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरेकी छिन्। अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।
निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।
यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव ९महिला०मा सिर्जना अर्याल, सचिव ९आदिवासी जनजाति० नारायणसुन्दर किलम्बू, सचिव ९मधेसी० दीपेन्द्र चौहान, सचिव ९दलित०मा हेमकर्ण विक र सचिव ९एशोसिएट०मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।
–––
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया